सत्य, निष्पक्ष र विश्वसनीय

मधेशका मुख्यमन्त्री यादवले दिए राजीनामा

न्युज डेस्क
२०८३ कार्तिक २९, शनिबार १५:१५

जनकपुर, २८ कात्तिक

मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आफ्नो पदबाट राजीनामा दिएका छन्।

शनिबार बसेको मधेश प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री यादवले राजीनामाको घोषणा गरेका हुन्।

सत्ता गठबन्धनका प्रमुख दलहरूले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादव अल्पमतमा परेका थिए। अल्पमतमा परेपछि उनले प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने अवस्था सिर्जना भएको थियो।

शनिबारको प्रदेशसभा बैठकमा मुख्यमन्त्री यादवले विश्वासको मत लिने कार्यसूचीसमेत तय गरिएको थियो। तर, विश्वासको मत लिने प्रक्रियामा जानुअघि नै उनले प्रदेशसभालाई सम्बोधन गर्दै पदबाट राजीनामा दिएको घोषणा गरेका हुन्।

मुख्यमन्त्री यादवको राजीनामासँगै मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि राजनीतिक प्रक्रिया अघि बढ्ने भएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?