काठमाडौंमा जुवा खेलिरहेको अवस्थामा ३७ जना पक्राउ, साढे ५ लाखभन्दा बढी नगद बरामद
काठमाडौं, २७ कार्तिक
काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका क्षेत्रमा जुवा खेलिरहेको अवस्थामा ३७ जना पक्राउ परेका छन्। प्रहरीले उनीहरूको साथबाट ५ लाख ७८ हजार ५५५ रुपैयाँ नगद बरामद गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार २०८३ साल कात्तिक २६ गते बिहान करिब ५ बजे कागेश्वरी मनोहरा नगरपालिका–१ गागलफेदीस्थित कुमार लामाले सञ्चालन गरेको कुशुम छ्यामा हाउस एण्ड होमस्टेमा जुवा खेलिरहेको अवस्थामा उनीहरू पक्राउ परेका हुन्।

प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले उक्त स्थानमा पुगी चेकजाँच गर्दा जुवा खेलिरहेको अवस्थामा ३७ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
पक्राउ परेका व्यक्तिहरूलाई जुवा सम्बन्धी कसुरमा अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पाँच दिनको म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
प्रहरीले जुवातास लगायतका गैरकानुनी गतिविधिमा संलग्न नहुन सर्वसाधारणलाई आग्रह गरेको छ।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





