सत्य, निष्पक्ष र विश्वसनीय

मोरङको केराबारी जंगलमा अर्धनग्न अवस्थामा महिलाको शव फेला

न्युज डेस्क
२०८३ कार्तिक २८, शुक्रबार ११:१५

विराटनगर, २७ कात्तिक
मोरङको केराबारी गाउँपालिका–२ फैबास्थित जंगलमा एक महिलाको शव फेला परेको छ। पार्वती लिम्बूको शव जंगलभित्र अर्धनग्न अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

जंगलमा महिलाको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। मोरङ प्रहरी प्रमुख एसपी कविता कटवालका अनुसार लिम्बूको शरीरको कम्मरमुनिको भागमा कपडा थिएन। तर, शरीरमा बाहिरी चोटपटक भने नदेखिएको उनले बताइन्।

प्रहरीका अनुसार घटनास्थलमा कुनै शंकास्पद वस्तु पनि फेला परेको छैन। स्थानीयले पार्वती र उनका पतिबीच पटकपटक विवाद तथा झगडा हुने गरेको जानकारी प्रहरीलाई दिएका छन्। यद्यपि, उक्त विवादको घटनासँग सम्बन्ध भए–नभएको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ।

महिलाको मृत्युको कारण हालसम्म खुल्न सकेको छैन। घटनाको अनुसन्धान तथा फरेन्सिक परीक्षणका लागि चिकित्सकसहितको टोली घटनास्थलतर्फ पठाइएको प्रहरीले जनाएको छ।

मृत्युको कारण पत्ता लगाउन थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?