सत्य, निष्पक्ष र विश्वसनीय

चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाकासहित दुई भारतीय नागरिक पक्राउ

न्युज डेस्क
२०८३ कार्तिक १९, बुधबार १२:५८

चितवन, १८ कार्तिक

चितवन प्रहरीले ६ लाख २३ हजार ४६५ रुपैयाँ बराबरका पटाकासहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका–३ लगायतका स्थानमा चाडपर्व लक्षित विशेष सुरक्षा कारबाहीका क्रममा उनीहरूलाई पक्राउ गरिएको हो।

प्रहरीले विभिन्न मितिमा सञ्चालन गरेको कारबाहीका क्रममा झिरझिरे, खुर्सानी, चक्र, रकेटलगायतका ८० हजार ३७२ थान पटाका बरामद गरेको जनाएको छ। बरामद पटाकाको अनुमानित बजार मूल्य ६ लाख २३ हजार ४६५ रुपैयाँ रहेको छ। साथै, पक्राउ परेकाहरूको साथबाट १ लाख ७२ हजार ३०० रुपैयाँ नगदसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा भारतको मोतिहारी निवासी ४१ वर्षीय सञ्जय साह तेली र २९ वर्षीय राज जैसवाल उर्फ कन्हैया कुमार रहेका छन्।

पटाकाजन्य विस्फोटक पदार्थसहित पक्राउ परेका उनीहरूमाथि विस्फोटक पदार्थसम्बन्धी कसुरमा आवश्यक कानुनी कारबाही प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?