सत्य, निष्पक्ष र विश्वसनीय

कैलालीमा बोक्सीको आरोप लगाएर महिला र नातिनीमाथि कुटपिट, चार जना पक्राउ

न्युज डेस्क
२०८३ कार्तिक १२, बुधबार १९:२४

कैलाली , ११ कार्तिक
कैलालीको भजनी नगरपालिका–५ मिलनपुरमा बोक्सीको आरोप लगाउँदै एक महिला र उनकी नातिनीमाथि कुटपिट गरेको आरोपमा चार जना पक्राउ परेका छन्।

प्रहरीका अनुसार कात्तिक १० गते राति करिब ९ बजे स्थानीय ५६ वर्षीया हसना देवी डगौराको घरमा पुगेर सोही ठाउँका ५६ वर्षीय कृष्ण डगौरा, २९ वर्षीय राजु डगौरा, २२ वर्षीय राजन डगौरा र भजनी नगरपालिका–७ की ३५ वर्षीया उर्मिला डगौराले बोक्सीको आरोप लगाउँदै उनी र उनकी नातिनीमाथि कुटपिट गरेका थिए।

घटनामा पीडित महिला र उनकी नातिनीको अवस्था सामान्य रहेको जनाइएको छ।

पीडितले कात्तिक ११ गते दिउँसो १ बजे इलाका प्रहरी कार्यालय भजनीमा जाहेरी दिएपछि प्रहरीले घटनामा संलग्न रहेको आरोपमा चारै जनालाई पक्राउ गरेको हो।

पक्राउ परेका व्यक्तिहरूमाथि घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?