बझाङमा ३ किलो २६५ ग्राम चरेससहित दुई जना पक्राउ
२०८३ कार्तिक १२, बुधबार ०८:२२
बझाङ, ११ कार्तिक
बझाङको बुंगल नगरपालिकाबाट ३ किलो २६५ ग्राम चरेससहित दुई जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय बझाङ र अस्थायी प्रहरी पोस्ट बिजगडाबाट खटिएको संयुक्त गस्ती टोलीले बुंगल नगरपालिका–४, बिजगडा बजारस्थित जनक कार्कीको घरबाट उक्त परिमाणको चरेस बरामद गरेको हो।

प्रहरीका अनुसार कार्कीको घरको कोठाभित्र हरियो झोलामा सेतो कपडाले लुकाइछिपाइ राखिएको अवस्थामा चरेस फेला परेको थियो।
चरेस कारोबारमा संलग्न रहेको आरोपमा बुंगल नगरपालिका–४ का ४३ वर्षीय जनक कार्की र वडा नम्बर ६ का ५७ वर्षीय जितबहादुर सिंहलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय बझाङमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





