वीरगञ्ज–१६ मा दुईदिने विराट कुस्ती प्रतियोगिता हुँदै, प्रमुख अतिथि पूर्वमन्त्री प्रदीप यादव र विशिष्ट अतिथि मेयर राजेशमान सिंह रहने
वीरगञ्ज, २ ८ कार्तिक
वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ स्थित इर्नवामा दुईदिने विराट कुस्ती प्रतियोगिता आयोजना हुने भएको छ। इर्नवा महावीर मन्दिर संरक्षण समाज, पर्साको आयोजनामा आगामी २०८३ साल कात्तिक ३० गतेदेखि मंसिर १ गतेसम्म प्रतियोगिता सञ्चालन हुन लागेको हो।
प्रतियोगितामा प्रमुख अतिथिका रूपमा नेपाल सरकारका पूर्व खानेपानीमन्त्री प्रदीप यादव सहभागी हुनेछन् भने विशिष्ट अतिथिका रूपमा वीरगञ्ज महानगरपालिकाका प्रमुख (मेयर) राजेशमान सिंह उपस्थित रहने कार्यक्रम तय भएको आयोजकले जनाएको छ।
त्यसैगरी कार्यक्रममा वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ का वडा अध्यक्ष परशुराम चौरसिया विशिष्ट अतिथिका रूपमा सहभागी हुनेछन्। प्रतियोगितालाई सफल बनाउन वडा अध्यक्ष चौरसियासहित वडा सदस्यहरू प्रमोदप्रसाद यादव, लौंडी देवी र सीता देवीले समेत सहयोग तथा समन्वय गर्ने जनाइएको छ।

प्रतियोगिता सञ्चालनका लागि सुरेश यादवको अध्यक्षतामा विराट कुस्ती प्रतियोगिता समिति गठन गरिएको छ। समितिको उपाध्यक्षमा घनश्याम पटेल र अशोक गुप्ता, सचिवमा सुरेन्द्रप्रसाद यादव तथा सहसचिवमा अजय पटेल रहेका छन्। त्यस्तै, कोषाध्यक्षमा मनोजकुमार जैसवाल र सहकोषाध्यक्षमा शत्रुधन कुशवाहा रहेका छन्।
समितिका सदस्यहरूमा प्रमोदप्रसाद यादव, हरिशंकरप्रसाद पटेल, लालदेवप्रसाद यादव, भिम यादव, विकास यादव, अजय यादव, निरज कुशवाहा, कृष्ण दास, विशाल पटेल र नगिना लाल यादव रहेका छन्। समितिका वरिष्ठ सल्लाहकारमा पलटधारी प्रसाद यादव रहेका छन्।
स्थानीयस्तरमा कुस्ती खेलको विकास, खेलाडीहरूको प्रतिभा उजागर तथा परम्परागत खेल संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।
आयोजकले प्रतियोगितामा सहभागी हुन तथा अवलोकन गर्न आउने सम्पूर्ण खेलप्रेमी, स्थानीय बासिन्दा र महानुभावहरूलाई हार्दिक स्वागत गर्दै उपस्थितिका लागि आग्रह गरेको छ।
प्रतियोगितालाई भव्य र सभ्य रूपमा सम्पन्न गर्न वीरगञ्ज महानगरपालिका कार्यालय वडा नम्बर १६ ले सहयोगी संस्थाका रूपमा साथ दिने भएको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





