वीरगञ्ज महानगरपालिकामा आज शोक बिदा, दुई कर्मचारीप्रति श्रद्धाञ्जली
वीरगञ्ज, १३ कार्तिक
वीरगञ्ज महानगरपालिकाले सरसफाइ कर्मचारी धर्मेन्द्र राउत र स्वयंसेविका मन्जुदेवी कटवालको निधनप्रति शोक व्यक्त गर्दै शुक्रबार शोक बिदा दिएको छ।

दुवै जनाको निधनप्रति दुःख व्यक्त गर्दै महानगरपालिकाले अत्यावश्यक सेवाबाहेकका सम्पूर्ण सेवा तथा प्रशासनिक कामकाज बन्द गरेको जनाएको छ।
महानगरपालिकाले शुक्रबार बिहान विशेष कार्यक्रम आयोजना गरी दिवंगत राउत र कटवालप्रति श्रद्धाञ्जली अर्पण गरेको छ।
कार्यक्रममा महानगरप्रमुख राजेशमान सिंह, प्रशासन प्रमुख किर्तिराज सुवेदीलगायतले दिवंगत दुवै जनाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनीहरूको निधनले महानगरपालिकालाई अपूरणीय क्षति पुगेको बताएका थिए।
महानगरपालिकाको सेवामा दिवंगत दुवै जनाले पुर्याएको योगदानको स्मरण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरिएको थियो।
महानगरपालिकाले दिवंगत दुवै जनाको आत्माको चिरशान्तिको कामना गर्दै शोकाकुल परिवारलाई यस दुःखद घडीमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने कामना गरेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





