सत्य, निष्पक्ष र विश्वसनीय

सरकारको निर्णयविरूद्ध सर्वोच्च पुगे दानबहादुर कार्की

न्युज डेस्क
२०८३ कार्तिक २०, बिहीबार २०:०४

काठमाडौँ , १९ कार्तिक
नेपाल प्रहरीको महानिरीक्षकबाट प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा सरुवा भएका दानबहादुर कार्की सर्वोच्च अदालत पुगेका छन् ।

बुधबार सरकारले आफूलाई प्रहरी महानिरीक्षकबाट हटाएर डा.मनोजकुमार केसीलाई आईजीपी नियुक्त गर्ने निर्णय विरुद्ध कार्की रिट लिएर सर्वोच्च पुगेका हुन् ।

कार्की निकट अधिवक्ता टिकाबहादुर कुँवरले आईजीपी नियुक्तिविरुद्ध रिट पुगेको बताए ।

मन्त्रिपरिषद्को निर्णय अनुसार डा मनोज केसीले बुधबारबाटै प्रहरी प्रमुखको जिम्मेवारी सम्हालिसकेका छन् । उनको रिट दर्ता प्रक्रियामा रहेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?