भारतीय विदेश सचिव मिश्रीले कांग्रेस सभापति गगन थापासँग गरे भेटवार्ता
२०८३ कार्तिक २०, बिहीबार २०:३७
काठमाडौं, १९ कार्तिक
नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिश्रीले नेपाली कांग्रेसका सभापति गगनकुमार थापासँग भेटवार्ता गरेका छन् ।
स्रोतका अनुसार मिश्रीले बिहीबार दिउँसो काठमाडौंस्थित एक होटलमा कांग्रेस सभापति थापासँग भेट गरेका हुन् । भेटवार्तामा भएका छलफलका विषयवस्तुबारे भने सार्वजनिक गरिएको छैन ।

नेपाल भ्रमणका क्रममा मिश्रीले बिहीबार नै प्रधानमन्त्री बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग पनि भेटवार्ता गरेका थिए ।
बुधबार नेपाल आएका भारतीय विदेश सचिव मिश्रीले उच्चस्तरीय राजनीतिक भेटघाट सम्पन्न गरी बिहीबार नै स्वदेश फर्किएका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





