रसुवाको बाढीपहिरोमा बेपत्ता ठोरीका धनराज घलान सकुशल सम्पर्कमा, परिवारमा छायो खुसी
पर्सा , २४ कार्तिक
रसुवामा आएको भीषण बाढीपहिरोपछि सम्पर्कविहीन भएका पर्साको ठोरी गाउँपालिका–३, ब्रह्मनगर निवासी धनराज घलान सकुशल सम्पर्कमा आएका छन्।
रोजगारी तथा कामकाजको सिलसिलामा रसुवामा कार्यरत रहेका घलान बाढीपहिरोपछि परिवार र आफन्तको सम्पर्कबाहिर पुगेका थिए। लामो समयसम्म उनको अवस्थाबारे कुनै जानकारी नआएपछि परिवारजन तथा आफन्त गहिरो चिन्ता र अन्योलमा परेका थिए।

तर, घलान सकुशल सम्पर्कमा आएको खबर पाएसँगै परिवार, आफन्त तथा शुभचिन्तकमा खुसी छाएको छ। लामो समयको प्रतीक्षा र चिन्तापछि उनी सम्पर्कमा आएपछि परिवारजनले राहत महसुस गरेका छन्।
रसुवामा आएको बाढीपहिरोका कारण विभिन्न स्थानमा सञ्चार तथा यातायात सेवा प्रभावित भएको थियो। विपद्पछि बेपत्ता भएका तथा सम्पर्कविहीन व्यक्तिहरूको खोजी र उद्धार कार्यसमेत जारी रहेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





