टेकअफ गर्ने क्रममा श्री एयरलाइन्सका दुई विमानमा प्राविधिक समस्या, ८० यात्रु अलपत्र
२०८३ कार्तिक २५, मंगलवार १३:४९
काठमाडौं, २४ कार्तिक
भैरहवाका लागि उडान भर्ने तयारीमा रहेका श्री एयरलाइन्सका दुईवटा विमानमा टेकअफ गर्ने क्रममा अचानक प्राविधिक समस्या देखिएपछि उडान रोकिएको छ।

टेकअफ गर्ने क्रममा दुवै विमानमा समस्या देखिएपछि उडान रद्द गरी विमानलाई पार्किङमै फर्काइएको हो।
दुईपटकसम्म उडान रोकिएपछि विमानमा सवार करिब ८० जना यात्रु समस्यामा परेका छन्। यात्रुहरूलाई गन्तव्यसम्म पुर्याउन अहिले तेस्रो विमानको व्यवस्था गर्ने तयारी भइरहेको बताइएको छ।
यस घटनापछि यात्रुहरू अन्योलमा परेका छन्। यद्यपि, विमानमा के-कस्तो प्राविधिक समस्या देखिएको हो भन्नेबारे श्री एयरलाइन्स र विमानस्थल प्रशासनले हालसम्म औपचारिक जानकारी सार्वजनिक गरेका छैनन्।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





