सत्य, निष्पक्ष र विश्वसनीय

धान काट्ने मेसिन र मोटरसाइकल ठोक्किँदा दुई युवकको मृत्यु

न्युज डेस्क
२०८३ मंसिर ४, बिहीबार १२:२७

झापा, ३ मंसिर

झापाको बाह्रदशी गाउँपालिका–५ खटखटी टोलस्थित चारपाने–राजगढ भित्री सडकखण्डमा धान काट्ने मेसिन र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई युवकको मृत्यु भएको छ ।

मंसिर २ गते राति करिब १० बजे राजगढबाट चारपानेतर्फ जाँदै गरेको प्रदेश १–०१–०१२ प ४६३८ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको मधेश प्रदेश ०३–००२ त १०४० नम्बरको धान काट्ने मेसिन एकआपसमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा मोटरसाइकलमा सवार दुवै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा बाह्रदशी गाउँपालिका–३ निवासी २० वर्षीय गोपाल ताजपुरिया र बाह्रदशी गाउँपालिका–२ निवासी १७ वर्षीय अशोक राजवंशी रहेका छन् ।
दुर्घटनापछि धान काट्ने मेसिनका चालक फरार भएका छन् । फरार चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?