सत्य, निष्पक्ष र विश्वसनीय

पूर्वी नेपालको सीमा क्षेत्रमा ५.६ म्याग्निच्युडको भूकम्प

न्युज डेस्क
२०८३ मंसिर ९, मंगलवार ०८:४५

काठमाडौँ, ८ मंसिर
पूर्वी नेपालको सीमा क्षेत्रमा आज बिहान ५.६ म्याग्निच्युडको भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ७ बजेर १७ मिनेटमा भूकम्प गएको हो । केन्द्रका भूकम्पविद् राजेश शर्माका अनुसार ताप्लेजुङको ओलाङचुङगोला नजिकै केन्द्रविन्दु भएर भूकम्प गएको हो । उक्त क्षेत्र चीनको तिब्बतसँग जोडिएको छ ।

भूकम्पको धक्का कोशी प्रदेशका विभिन्न जिल्लामा समेत महसुस गरिएको छ । बिहानै गएको भूकम्पले स्थानीयवासी त्रसित बनेका छन् । यद्यपि, भूकम्पबाट कुनै मानवीय तथा भौतिक क्षति भए/नभएको विवरण सार्वजनिक भइसकेको छैन ।

यसैबीच, अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस)ले भूकम्पको केन्द्रविन्दु भारतको सिक्किम राज्यस्थित मंगन क्षेत्रबाट करिब ६७ किलोमिटर दूरीमा रहेको जनाएको छ । यूएसजीएसका अनुसार भूकम्प १० किलोमिटर गहिराइमा गएको हो ।

भूकम्पबाट भएको सम्भावित क्षतिको विवरण आउन बाँकी छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?