सत्य, निष्पक्ष र विश्वसनीय

वीरगञ्जमा भोजपुरी अवार्ड २०२६ सम्पन्न, नायक प्रकाश नेपाल ‘बेस्ट नायक’ सम्मानबाट सम्मानित

न्युज डेस्क
२०८३ असार १३, शनिबार २२:४३
  • दिपेन्द्र बि.सी.

वीरगञ्ज, १३ असार

डरमी सेडको आयोजनामा वीरगञ्जमा सम्पन्न भोजपुरी अवार्ड कार्यक्रम २०२६ मा वीरगञ्ज महानगरपालिका वडा नं. ३ निवासी भोजपुरी नायक प्रकाश नेपाल लाई ‘बेस्ट नायक’ सम्मान प्रदान गरिएको छ। भोजपुरी चलचित्र क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै उनलाई उक्त सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ।

सम्मान ग्रहणपछि नायक प्रकाश नेपालले आयोजक टिमप्रति हार्दिक आभार व्यक्त गर्दै दर्शक, शुभचिन्तक तथा समर्थकहरूको निरन्तर साथ, सहयोग र शुभकामनाले आफूलाई अझ राम्रो काम गर्न प्रेरणा मिलेको बताए।

“यस सम्मानका लागि आयोजक टिमप्रति हार्दिक आभार व्यक्त गर्दछु। यहाँहरूको निरन्तर साथ, सहयोग र शुभकामनाले नै मलाई अझ राम्रो गर्ने प्रेरणा दिएको छ। आगामी दिनहरूमा पनि यही माया र साथको अपेक्षा राख्दै सबैप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु,” उनले भने।

कार्यक्रममा भोजपुरी कला, संस्कृति तथा चलचित्र क्षेत्रसँग सम्बन्धित विभिन्न व्यक्तित्वहरूको सहभागिता रहेको थियो। आयोजकले भोजपुरी भाषा, कला र कलाकारहरूको प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जनाएको छ।

‘बेस्ट नायक’ सम्मान प्राप्त गरेपछि प्रकाश नेपालप्रति सामाजिक सञ्जालमार्फत शुभकामनाको ओइरो लागेको छ। उनका समर्थकहरूले यो सम्मान भोजपुरी चलचित्र क्षेत्रमा उनको निरन्तर सक्रियता र मेहनतको प्रतिफल भएको बताएका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?