सत्य, निष्पक्ष र विश्वसनीय

सुटुक्क पर्साकाे सीमा क्षेत्र पुगेर फर्किए गृहमन्त्री, प्रहरी-प्रशासन बेखबर

न्युज डेस्क
२०८३ असार १३, शनिबार २२:५२

वीरगञ्ज, १३ असार
नेपाल सरकारका गृहमन्त्री सुधन गुरुङ सुटुक्क बारा, पर्साको सीमा क्षेत्र पुगेर फर्किएको खुलासा भएको छ । तर यसबारे मन्त्रीको सचिवालयले केही बताएको छैन । बारा र पर्साको प्रहरी प्रशासन पनि बेखबर छ ।

चितवनमा रास्वपा महाधिवेशन सकिएपछि शुक्रबार राति गृहमन्त्री सुधन गुरुङ माडी ठोरी हुँदै पर्साको ग्रामीण इलाका पुगेको पाइएको हो । उनले आज बाराका केही सीमा पुगेर फर्किएको पाइएको छ ।

सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा गृहमन्त्री गुरुङले वीरगञ्जको सीमाक्षेत्र स्थलगत निरीक्षण मात्र गरेका छैनन्, स्थानीय जेष्ठ नागरिकहरुसँग कुराकानी पनि गरेका छन् । उनले सीमाक्षेत्रहरु जानकी टोला, मटिअर्वा, अलौँ पुगेर स्थानीयसँग अन्तरक्रिया गरेको पाइएको छ ।

यसबारे पर्सा र बाराका प्रहरी प्रशासनले भने केही जानकारी नरहेको बताएको छ । सीमाक्षेत्र पुगेर स्थानीयसँग कुराकानी गरेका मन्त्री गुरुङले मास्क लगाएरका छन् । टोपी, हाफ टिसर्ट र पाइन्ट लगाएका छन् ।

गृहमन्त्री आएर सीमा निरीक्षण र स्थानीयसँग अन्तरक्रिया गरेको विषयमा पर्सा प्रहरी प्रशासनले अनविज्ञता जनाएको छ । प्रशासन स्रोतले भन्यो, ‘यसबारे हामीलाई कुनै जानकारी छैन ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?