सत्य, निष्पक्ष र विश्वसनीय

हत्कडीसहित फरार भएका व्यक्ति आफैं जिल्ला वन कार्यालयमा उपस्थित

न्युज डेस्क
२०८३ असार १५, सोमबार २१:४९

पर्सा, १५ असार
पटेर्वा सुगौली क्षेत्रमा पक्राउ परेका र हत्कडीसहित फरार भएका पर्सा गढी नगरपालिका पर्सुरामपुर –४ निवासी अन्दाजी ३५ वर्षीय लालबाबु देवान भन्ने (नेराजुल देवान) आज (२०८३/०३/१५) जिल्ला वन कार्यालयमा हत्कडीसहित आफैं उपस्थित भएका छन्।
प्राप्त जानकारीअनुसार पक्राउ परेपछि हत्कडीसहित फरार भएका देवान आज जिल्ला वन कार्यालयमा उपस्थित भएका हुन्। उनी उपस्थित भएपछि सम्बन्धित निकायले आवश्यक कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ।
घटनाबारे थप अनुसन्धान तथा कानुनी प्रक्रिया जारी रहेको सम्बन्धित निकायले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?