सत्य, निष्पक्ष र विश्वसनीय

पर्सामा १४० केजी गाँजा बेवारिसे अवस्थामा बरामद

न्युज डेस्क
२०८३ श्रावण १०, आईतवार ०७:२३

पर्सा, १० साउन
पर्सा जिल्लाको छिपहरमाई गाउँपालिका–१, मिर्जापुर बगैंचा क्षेत्रमा प्रहरीले करिब १४० केजी गाँजा बेवारिसे अवस्थामा बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार २०८३ साउन ९ गते राति करिब ९:३० बजे इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक प्रदीप पौडेल, प्रहरी चौकी मिर्जापुरका सहायक प्रहरी निरीक्षक (असई) रामविनय झा तथा सशस्त्र प्रहरी बलको बीओपी मिर्जापुरको संयुक्त टोलीले सञ्चालन गरेको विशेष अपरेशनका क्रममा १३ पोकामा राखिएको करिब १४० केजी गाँजा फेला पारेको हो।

बरामद गरिएको गाँजा बेवारिसे अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। घटनामा संलग्न व्यक्तिको खोजी गर्नुका साथै गाँजा कहाँबाट ल्याइएको र कहाँ लैजान लागिएको थियो भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?