सत्य, निष्पक्ष र विश्वसनीय

नेपाल अपाङ्ग संघका अध्यक्ष शम्भु पासवान गहवामाई मन्दिर प्राङ्गणमा सम्मानित

न्युज डेस्क
२०८३ श्रावण २१, बिहीबार १९:२८

वीरगञ्ज २१ साउन
गुरु पूर्णिमाको अवसरमा आयोजित मूल समारोहमा अस्वस्थताका कारण उपस्थित हुन नसक्नुभएका नेपाल अपाङ्ग संघका अध्यक्ष शम्भु पासवान सम्मानित हुनुभएको छ।

​वीरगञ्जस्थित गहवामाई मन्दिर प्राङ्गणमा आयोजित विशेष कार्यक्रमका बीच स्वतन्त्र मानव अधिकार समाजका केन्द्रीय अध्यक्ष कृष्ण खनालले अध्यक्ष पासवानलाई सम्मान पत्र प्रदान गरी सम्मान गर्नुभएको हो।

​बृहस्पति फाउण्डेसन नेपालका अध्यक्ष डा. पुरुषोत्तम दुबेको विशेष उपस्थितिमा उक्त सम्मान पत्र हस्तान्तरण गरिएको थियो।

​अध्यक्ष पासवानले समाज सेवा, अपाङ्गता भएका व्यक्तिहरूको हकहित, सहयोग तथा धर्म-संस्कृतिको संवर्द्धनमा पुर्‍याउनुभएको उत्कृष्ट योगदानको उच्च कदर गर्दै बृहस्पति फाउण्डेसन नेपालको आयोजनामा उहाँलाई यो सम्मान प्रदान गरिएको हो।

​कार्यक्रममा उपस्थित महानुभावहरूले अध्यक्ष पासवानको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उहाँको निःस्वार्थ सेवा, समर्पण र प्रेरणादायी व्यक्तित्वको सराहना गर्नुभएको थियो।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?