सत्य, निष्पक्ष र विश्वसनीय

मकवानपुरमा पेस्तोल र म्यागजिन बरामद, १९ वर्षीय युवक पक्राउ

न्युज डेस्क
२०८३ श्रावण २५, सोमबार ०८:३१

मकवानपुर, २५ साउन
मकवानपुरको बागमती गाउँपालिका–९, बेतिनी अगौटेबाट प्रहरीले एक थान पेस्तोल र त्यसको म्यागजिन बरामद गरेको छ।
विशेष सूचनाका आधारमा सोमबार बेतिनी अगौटेस्थित एक घरमा प्रहरीले चेकजाँच गरेको थियो। चेकजाँचका क्रममा अगौटे निवासी १९ वर्षीय टेकबहादुर सिङतानको घरबाट पेस्तोल बरामद गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बालुवा–सिमेन्टले बनेको जस्ताले छाएको दुईतले घरको माथिल्लो तलाको चोटामा राखिएको जेब्रा झोलाभित्र रातो टी–सर्टले बेरेर रातो प्लास्टिकमा लुकाइराखेको अवस्थामा ‘No. 017110’ लेखिएको एक थान पेस्तोल र एउटा म्यागजिन फेला परेको हो।
घटनामा संलग्न रहेको आरोपमा १९ वर्षीय टेकबहादुर सिङतानलाई पक्राउ गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?