ममता विद्या मन्दिर कलेजका विद्यार्थी सन्देश पटेललाई BA LL.B मा पूर्ण छात्रवृत्ति
वीरगञ्ज, ११ भदौ
मम्ता विद्या मन्दिर (MVM) कलेज, वीरगञ्जमा कक्षा १२ कानून संकायमा अध्ययनरत विद्यार्थी सन्देश कुमार पटेलले पोखरा विश्वविद्यालयअन्तर्गत सञ्चालित BA LL.B कार्यक्रममा पूर्ण छात्रवृत्ति प्राप्त गर्न सफल भएका छन्।
आफ्नो मेहनत, लगनशीलता र उत्कृष्ट शैक्षिक प्रदर्शनका आधारमा पटेलले यो उल्लेखनीय उपलब्धि हासिल गरेका हुन्। उनको सफलताले विद्यार्थी स्वयं, उनका अभिभावक तथा मम्ता विद्या मन्दिर कलेज परिवारलाई गौरवान्वित बनाएको कलेजले जनाएको छ।
कलेजले पटेललाई सफलताका लागि बधाई दिँदै आगामी शैक्षिक तथा व्यावसायिक यात्राका लागि शुभकामना व्यक्त गरेको छ। साथै, उनको सफलतामा निरन्तर मार्गदर्शन, प्रेरणा र सहयोग प्रदान गर्ने सम्पूर्ण शिक्षक–शिक्षिकाप्रति कलेजले विशेष आभार व्यक्त गरेको छ।
विद्यार्थीको मेहनत र शिक्षकहरूको समर्पणको उत्कृष्ट परिणामका रूपमा यस उपलब्धिलाई लिँदै कलेजले पटेलको आगामी कानुनी शिक्षा तथा व्यावसायिक यात्रा सफल र उज्ज्वल रहोस् भन्ने कामना गरेको छ।
पटेलको यो सफलताले MVM कलेजका अन्य विद्यार्थीलाई पनि अध्ययनमा उत्कृष्टता हासिल गर्न प्रेरणा मिल्ने विश्वास कलेजले व्यक्त गरेको छ।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





