सत्य, निष्पक्ष र विश्वसनीय

नारायणी नदीमा बग्दै गरेको शवबाट सुन निकाल्ने दुई जना पक्राउ

न्युज डेस्क
२०८३ भाद्र ११, बिहीबार २०:४८

चितवन, ११ भदौ
नारायणी नदीमा बग्दै गरेको शवबाट सुन निकाल्ने दुई जनालाई चितवन प्रहरीले पक्राउ गरेको छ।


प्रहरीका अनुसार पक्राउ पर्नेमा एक भारतीय नागरिक र एक नेपाली नागरिक रहेका छन्। उनीहरूले नारायणी नदीमा बग्दै गरेको शवबाट सुन तथा सुनका गहना निकाल्ने प्रयास गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।


घटनाबारे जानकारी पाएपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेका व्यक्तिहरूको साथबाट सुनका गहना तथा अन्य सामग्रीसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।
घटनामा उनीहरूको संलग्नता र शवसँग सम्बन्धित अन्य विषयमा थप अनुसन्धान भइरहेको चितवन प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?