सत्य, निष्पक्ष र विश्वसनीय

भोटेकोसी बाढीपीडितका लागि आँखा अस्पतालद्वारा १० लाख ९४ हजार रुपैयाँ सहयोग

न्युज डेस्क
२०८३ भाद्र २४, बुधबार १३:११

वीरगञ्ज, २४ भदौ
रामकुमार महावीरप्रसाद केडिया आँखा अस्पतालले भोटेकोसी बाढीपीडितका लागि प्रधानमन्त्री राहत कोषमा कुल १० लाख ९४ हजार १६१ रुपैयाँ सहयोग गरेको छ।
अस्पतालका कर्मचारी तथा पसल व्यवसायीबाट संकलित १ लाख ९४ हजार १६१ रुपैयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको हो। यस्तै, महावीरप्रसाद–बृजलाल केडिया सेवा ट्रस्टले थप २ लाख रुपैयाँ सहयोग गरेको अस्पतालले जनाएको छ।
यसअघि अस्पतालले २०८३ भदौ १८ गते नेपाल नेत्रज्योति संघमार्फत प्रधानमन्त्री राहत कोषमा ७ लाख रुपैयाँ सहयोग गरेको थियो। यसरी अस्पताल, कर्मचारी, व्यवसायी तथा सेवा ट्रस्टबाट गरी राहत कोषमा कुल १० लाख ९४ हजार १६१ रुपैयाँ सहयोग गरिएको हो।
यसैबीच, अस्पताल परिसरमा मैनबत्ती प्रज्वलनसहित श्रद्धाञ्जली सभा आयोजना गरिएको छ। सभामा सहभागीहरूले भोटेकोसी बाढीलगायत विपद्का क्रममा ज्यान गुमाएकाहरूको सम्झनामा श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका थिए।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?