सत्य, निष्पक्ष र विश्वसनीय

७ ग्राम ब्राउन सुगरसहित भारतीय नागरिक वीरगञ्जबाट पक्राउ

न्युज डेस्क
२०८३ भाद्र २४, बुधबार १५:१९

वीरगञ्ज, २४ भदौ
पर्सा प्रहरीले ७ ग्राम लागूऔषध ब्राउन सुगरजस्तो देखिने पदार्थसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारत बिहार, पूर्वी चम्पारण, रक्सौल अनुमण्डल लौडहिया–५ निवासी ३१ वर्षीय दिनेश प्रसाद रहेका छन्।
विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका–२१ परवानीपुर चोकस्थित सडकखण्डमा भारतबाट वीरगञ्जतर्फ आउँदै गरेको भारतीय नम्बरको कारलाई रोकेर जाँच गरेको थियो।
जाँचका क्रममा कारको चालक बस्ने सिटको माथिल्लो भागमा लुकाइछिपाइ राखिएको प्लास्टिकभित्र ७ ग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थ फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए।
प्रहरीले पक्राउ परेका प्रसाद, बरामद पदार्थ र कारलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?