सत्य, निष्पक्ष र विश्वसनीय

सिंहदरबारबाट किस्पाङ गाउँपालिका अध्यक्ष वीरबल तामाङ पक्राउ

न्युज डेस्क
२०८३ भाद्र २९, सोमबार १७:२३

काठमाडौं, २९ भदौ
नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ सिंहदरबारबाट पक्राउ परेका छन्।
बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले राखेको बैठकमा सहभागी भएर बाहिरिने क्रममा तामाङलाई प्रहरीले पक्राउ गरेको हो।
अरुण अर्यालको जाहेरीका आधारमा तामाङविरुद्ध बैंकिङ कसुरसम्बन्धी मुद्दा दर्ता भएको थियो। उक्त मुद्दा प्रहरी वृत्त दरबारमार्गमा दर्ता भएको र तामाङलाई पक्राउ गर्न सोही वृत्तले अनुमति मागेपछि अदालतको अनुमतिअनुसार पक्राउ गरिएको काठमाडौं प्रहरी प्रवक्ता एसपी दानबहादुर थापाले जानकारी दिए।
प्रहरीले तामाङलाई पक्राउ गर्न आइतबार काठमाडौं जिल्ला अदालतबाट अनुमति लिएको थियो। अदालतको अनुमतिपछि प्रहरीले उनलाई सिंहदरबारबाट नियन्त्रणमा लिएको हो।
४३ वर्षीय तामाङ काठमाडौंको नयाँबजारमा ‘ओसिन ट्रान्सपोर्ट एन्ड एडभेन्चर प्रालि’ नामक कम्पनी सञ्चालन गर्दै आएका थिए।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?