सत्य, निष्पक्ष र विश्वसनीय

काठमाडौंमा इन्द्रजात्रा सुरु

न्युज डेस्क
२०८३ आश्विन ७, बुधबार १०:२२

काठमाडौं, ७ असोज
काठमाडौं उपत्यकाको मुख्य पर्व इन्द्रजात्रा आजदेखि सुरु भएको छ। हनुमानढोकास्थित दरबार क्षेत्रमा स्थानीय भाषामा ‘यःसी’ भनिने इन्द्रध्वजासहितको लिङ्गो ठड्याएर जात्राको औपचारिक सुरुवात गरिएको हो।

वर्षा र सहकालका देवता इन्द्रको पूजा गरी मनाइने यस पर्वलाई नेवार समुदायमा ‘येँया पुन्हि’ पनि भनिन्छ। आठ दिनसम्म मनाइने इन्द्रजात्रामा विभिन्न नाचगान, रथयात्रा तथा देवीदेवताको पूजार्चना गरिन्छ। काठमाडौंसहित ललितपुर, भक्तपुर, धुलिखेल र दोलखालगायत स्थानमा पनि इन्द्रजात्रा धुमधामका साथ मनाउने परम्परा छ।

यस वर्ष असोज ९ गते इन्द्रजात्राको मुख्य दिन परेको छ। मुख्य दिन राष्ट्रप्रमुखले हनुमानढोका पुगेर जीवित देवी कुमारी तथा गणेश र भैरवको दर्शन गर्ने परम्परा रहेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?