इटहरीमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु
सुनसरी, २२ कार्तिक
सुनसरीको इटहरी उपमहानगरपालिका–१३ स्थित गणेश पेट्रोलपम्प नजिक ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जना पुरुषको मृत्यु भएको छ।
मिति २०८३ कात्तिक २१ गते राति करिब ११:५० बजे कोशी लोकमार्गमा भएको दुर्घटनामा दुई जनाको ज्यान गएको हो।

प्रहरीका अनुसार उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्रदेश १-०४-००१ ख ०००८ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको बा.प्र.०२-०२५ प ३१३६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।
ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुवै जना पुरुष गम्भीर घाइते भएका थिए। घाइतेहरूलाई तत्काल उपचारका लागि कोशी अस्पताल विराटनगर पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन्।
मृतक दुवै जनाको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ।
दुर्घटनामा संलग्न ट्रक र मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





