सत्य, निष्पक्ष र विश्वसनीय

बन्दाकोभी बोकेको ट्रकमा साढे दुई टनभन्दा बढी गाँजा बरामद, दुई जना पक्राउ

न्युज डेस्क
२०८३ आश्विन १९, सोमबार १५:५४

सुनसरी, १९ असोज

बन्दाकोभी बोकेको ट्रकबाट प्रहरीले साढे दुई टनभन्दा बढी गाँजा बरामद गरेको छ। घटनामा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको जनाएको छ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा धनकुटाको शहीदभूमि गाउँपालिका–२ का ३३ वर्षीय राजु राई र सोही ठाउँका १८ वर्षीय सन्दीप राई रहेका छन्।

पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना ७ ख १८२५ नम्बरको ट्रक शंकास्पद लागेपछि प्रहरीले चेकजाँच गरेको थियो। ट्रकको बाहिरी भागमा बन्दाकोभीका बोरा राखिएको भए पनि भित्र जाँच गर्दा गाँजाका ८३ बोरा फेला परेको प्रहरीले जनाएको छ।

त्यसपछि प्रहरीले ट्रकसहित चालक र सहचालकलाई नियन्त्रणमा लिएको थियो। प्रहरीका अनुसार ट्रकबाट २,५६६.५६ किलो (२५ क्विन्टल ६६ किलोभन्दा बढी) गाँजा बरामद भएको हो।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Oplus_131072

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?