महोत्तरीमा करिब २७ ग्राम खैरो हेरोइनसहित भारतीय नागरिक पक्राउ
२०८३ श्रावण ५, मंगलवार १६:४७
महोत्तरी, ५ साउन
महोत्तरीको बर्दिवास नगरपालिका–३, गौरीडाँडाबाट लागूऔषध खैरो हेरोइनसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन्।
प्रहरीका अनुसार मंगलबार बिहान करिब ११ बजे बागमती प्रदेश ०१–००७ ख ८२१ नम्बरको हायसमा सवार भारतका २४ वर्षीय राजा कुमार मण्डललाई शंका लागेर चेकजाँच गर्दा उनको साथबाट २६ ग्राम ९९० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको हो।
बरामद गरिएको लागूऔषधसहित मण्डललाई नियन्त्रणमा लिई लागूऔषध सम्बन्धी कसुरमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





