सत्य, निष्पक्ष र विश्वसनीय

हवाई इन्धन बोकेको ट्यांकरको सिल तोड्दै गर्दा सात जना पक्राउ

न्युज डेस्क
२०८३ श्रावण २२, शुक्रबार ०९:०४

वीरगंज, २२ साउन
हवाई इन्धन बोकेको ट्यांकरको सिल तोड्दै गरेको अवस्थामा प्रहरीले वीरगंजबाट सात जनालाई पक्राउ गरेको छ।
पर्साको वीरगंज महानगरपालिका–१४ स्थित सौदागर आयल निगममा ना.७ ख १५३९ नम्बरको ट्यांकरमा लोड रहेको हवाई इन्धनको सिल तोडिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्रबहादुर मल्लले घटनामा संलग्न रहेको आशंकामा सात जनालाई पक्राउ गरिएको जानकारी दिए।
उनका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ। घटनाको विस्तृत विवरण अनुसन्धानपछि सार्वजनिक गरिने प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?