देवानगञ्जको हिंसात्मक घटनामा ६ जना पक्राउ, अनुसन्धान तीव्र
२०८३ श्रावण २४, आईतवार १३:३४
सुनसरी, २४ साउन
सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनामा संलग्न भएको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।
पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतमा राखेर घटनाबारे थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी चन्द्रबहादुर खड्काका अनुसार घटनासँग सम्बन्धित आवश्यक प्रमाण तथा तथ्य संकलन गर्ने, प्रत्यक्षदर्शीसँग सोधपुछ गर्ने र पक्राउ परेकाहरूसँग बयान लिने काम भइरहेको छ।
प्रहरीले घटनाको विस्तृत अनुसन्धानपछि दोषी देखिएका व्यक्तिमाथि प्रचलित कानुनअनुसार कारबाही अघि बढाइने जनाएको छ। घटनासँग सम्बन्धित थप तथ्य तथा प्रमाण जुटाउने कामसमेत भइरहेको प्रहरीको भनाइ छ।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





