सत्य, निष्पक्ष र विश्वसनीय

दुर्गा प्रसाईंको घरमा प्रहरीको खानतलासी, मोबाइल र आईप्याड नियन्त्रणमा

न्युज डेस्क
२०८३ भाद्र ५, शुक्रबार ०७:१२

काठमाडौं, ५ भदौ
मेडिकल व्यवसायी एवं राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, नेपालका संयोजक दुर्गा प्रसाईंको घरमा प्रहरीले खानतलासी गरेको छ।
बिहीबार दिउँसो ठूलो संख्यामा पुगेको प्रहरी टोलीले प्रसाईंको घरमा खानतलासी गरेको प्रहरी स्रोतले जनाएको छ।


भक्तपुर प्रहरी र अपराध अनुसन्धान कार्यालयसहितको टोली खानतलासीका लागि प्रसाईंको घर पुगेको बताइएको छ।

खानतलासीका क्रममा प्रहरीले केही थान मोबाइल डिभाइस र आईप्याडसमेत नियन्त्रणमा लिएको स्रोतको भनाइ छ।
खानतलासी गर्नुको कारणबारे प्रहरीले भने हालसम्म औपचारिक रूपमा कुनै जानकारी सार्वजनिक गरेको छैन।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?