सत्य, निष्पक्ष र विश्वसनीय

एमाले वीरगन्ज महानगर कमिटीको संयोजकमा सुन्दर राउत कुर्मी नियुक्त

न्युज डेस्क
२०८३ भाद्र १७, बुधबार २१:४७

वीरगन्ज, १७ भदौ
नेकपा एमाले वीरगन्ज महानगर कमिटीको संयोजकमा सुन्दर राउत कुर्मी नियुक्त भएका छन्।
नेकपा एमाले पर्साका अध्यक्ष डा. विश्वम्भर शर्माले बुधबार कुर्मीलाई महानगर कमिटीको संयोजकमा नियुक्त गरेका हुन्।
भदौ २ गते सम्पन्न एमाले पर्सा जिल्ला कमिटीको बैठकको निर्णयअनुसार रिक्त रहेको महानगर कमिटीको अध्यक्ष र उपाध्यक्ष पदमा पदपूर्ति गर्नुपर्ने भएपछि कुर्मीलाई संयोजकको जिम्मेवारी दिइएको जिल्ला अध्यक्ष शर्माले जानकारी दिए।
महानगर कमिटीको रिक्त अध्यक्ष र उपाध्यक्ष पदमा पदपूर्ति गर्ने प्रक्रियालाई अघि बढाउन कुर्मीलाई संयोजकको जिम्मेवारी दिइएको एमाले पर्साले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?