सत्य, निष्पक्ष र विश्वसनीय

आन्दोलनबाट प्राप्त उपलब्धि निमिट्यान्न पार्ने प्रयास भइरहेको छ : प्रचण्ड

न्युज डेस्क
२०८३ भाद्र २३, मंगलवार १९:३९

काठमाडौँ, २३ भदौ ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आन्दोलन र बलिदानबाट प्राप्त उपलब्धिलाई निमिट्यान्न पार्ने प्रयास भइरहेको बताएका छन्।
मंगलबार काठमाडौंमा आयोजित सहिद सुरेश वाग्ले र भीमसेन पोखरेलको २७औँ स्मृति दिवसमा बोल्दै प्रचण्डले प्रतिक्रियावादी शक्तिहरूले आन्दोलनबाट प्राप्त उपलब्धि समाप्त पार्ने प्रयास गरिरहेको आरोप लगाए।
उनले यस्तो प्रवृत्तिविरुद्ध नयाँ संकल्प र ऊर्जाका साथ अघि बढ्नुपर्नेमा जोड दिए। सहिदहरूको सपना र योगदानलाई आत्मसात् गर्दै परिवर्तनका उपलब्धिको रक्षा गर्नुपर्ने उनको भनाइ थियो।
प्रचण्डले भने, ‘प्रतिक्रियावादी शक्तिहरूले आन्दोलन र बलिदानबाट प्राप्त उपलब्धिलाई निमिट्यान्न पार्ने प्रयास गरिरहेका छन्। यस्तो बेला शहीदहरूको सपना र योगदानलाई आत्मसात् गर्दै नयाँ संकल्प र ऊर्जाका साथ अघि बढ्नु आवश्यक छ।’

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?