नेपालमा भूकम्पको धक्का, काठमाडौ,पोखरा र चितवनसहित विभिन्न स्थानमा महसुस
काठमाडौं, २४ भदौ
मुस्ताङको लोमन्थाङ आसपास केन्द्रबिन्दु भएर ५.३ म्याग्निच्युडको भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार राति ९ः५३ बजे भूकम्प गएको हो। केन्द्रको अभिलेखअनुसार भूकम्पको म्याग्निच्युड ५.३ रहेको र केन्द्रबिन्दु मुस्ताङ क्षेत्रमा रहेको थियो।
युरोपियन–मेडिटेरेनियन सिस्मोलोजिकल सेन्टर (ईएमएससी) का अनुसार भूकम्पको केन्द्र जमिनको सतहबाट करिब ३५ किलोमिटर गहिराइमा रहेको थियो।
भूकम्पको धक्का मुस्ताङसँगै मनाङ, डोल्पा, म्याग्दी तथा धौलागिरि क्षेत्रका विभिन्न स्थानमा महसुस गरिएको थियो। छिमेकी तिब्बतमा समेत यसको प्रभाव महसुस भएको बताइएको छ।
भूकम्पबाट हालसम्म कुनै मानवीय क्षति वा भौतिक क्षति भएको तत्कालीन विवरण सार्वजनिक भएको छैन।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





