सत्य, निष्पक्ष र विश्वसनीय

सुनसरीमा ५६४ किलो गाँजासहित सुमो नियन्त्रणमा

न्युज डेस्क
२०८३ आश्विन १६, शुक्रबार ०४:०५

सुनसरी, १६ असोज 

सुनसरीको बर्जु गाउँपालिका–२ स्थित विराटनगर–बेलाहा सडकखण्डबाट प्रहरीले ५६४ किलोग्राम गाँजासहित एउटा सुमो गाडी नियन्त्रणमा लिएको छ।

इलाका प्रहरी कार्यालय सितागञ्ज, प्रहरी चौकी अमडुवा र बीओपी अमडुवाबाट खटिएको संयुक्त प्रहरी टोलीले जाँच गर्ने क्रममा बा १२ च १७३८ नम्बरको सुमो नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार संयुक्त टोलीलाई देखेपछि सुमोका चालक गाडी छाडेर फरार भएका थिए। त्यसपछि प्रहरीले गाडी खानतलासी गर्दा ठूलो परिमाणमा गाँजा बरामद गरेको जनाएको छ।

बरामद गरिएको सुमो र गाँजा आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय दुहबीमा राखिएको छ। प्रहरीले फरार चालकको खोजी गर्नुका साथै घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?