झोलामा १२ किलो गाँजा बोकेर यात्रा गरिरहेका अजय सशस्त्र प्रहरीको नियन्त्रणमा
२०८३ आश्विन २०, मंगलवार ०२:३१
सिरहा, १९ असोज
झोलामा १२ किलो गाँजा बोकेर यात्रा गरिरहेका एक युवकलाई सशस्त्र प्रहरीले सिरहाको लहानबाट नियन्त्रणमा लिएको छ।

नियन्त्रणमा लिइएका व्यक्ति लहान नगरपालिका–११ पडहरियाका २४ वर्षीय अजय सदाई रहेको प्रहरीले जनाएको छ।
लहान नगरपालिका–३ स्थित पूर्व–पश्चिम राजमार्गअन्तर्गत बलान खोला क्षेत्रमा सशस्त्र प्रहरीले सवारीसाधन जाँच गर्ने क्रममा सदाईको झोला खानतलासी गर्दा १२ किलो गाँजा फेला परेको थियो।
गाँजा बरामद भएपछि उनलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





