सत्य, निष्पक्ष र विश्वसनीय

माछापोखरीमा दुई युवाबीच झगडा हुँदा एक जनाको मृत्यु, एक जना पक्राउ

न्युज डेस्क
२०८३ कार्तिक १, शनिबार २१:३३
माछापोखरीमा दुई युवाबीच झगडा हुँदा एक जनाको मृत्यु, एक जना पक्राउ

काठमाडौं , ३१ असोज
काठमाडौंको माछापोखरी चोकमा आपसी विवादका क्रममा भएको झगडामा एक युवकको मृत्यु भएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ।

प्राप्त विवरणअनुसार, असोज ३१ गते राति करिब १२:१२ बजे काठमाडौं महानगरपालिका–१६ स्थित माछापोखरी चोकको सडकखण्डमा हिँडिरहेका कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ घर भई हाल बल्खु बस्दै आएका २० वर्षीय अर्जुन ताम्राकार र नुवाकोटको पञ्चकन्या गाउँपालिका–४ घर भई हाल काठमाडौंको तारकेश्वर नगरपालिका–९, मनमैजु बस्दै आएका २० वर्षीय सुवाश तामाङबीच आपसी विवाद भएको थियो।

विवादले झगडाको रूप लिएपछि सुवाश तामाङ लडेर अचेत अवस्थामा फेला परेका थिए। उनलाई तत्काल उपचारका लागि बालाजुस्थित सिल्भरलाइन अस्पताल लगिएको थियो। उपचारकै क्रममा दिउँसो १:३० बजे उनको मृत्यु भएको हो।

घटनापछि प्रहरी वृत्त बालाजुबाट खटिएको टोलीले कुटपिटमा संलग्न रहेको आरोपमा अर्जुन ताम्राकारलाई नियन्त्रणमा लिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?