सत्य, निष्पक्ष र विश्वसनीय

जग्गाको सिमानाको विवादमा धकेल्दा वृद्धको मृत्यु, २७ वर्षीय युवक पक्राउ

न्युज डेस्क
२०८३ कार्तिक १, शनिबार २१:३९
जग्गाको सिमानाको विवादमा धकेल्दा वृद्धको मृत्यु, २७ वर्षीय युवक पक्राउ

सप्तरी, ३१ असोज
सप्तरीको छिन्नमस्ता गाउँपालिका–१ स्थित बरही टोलमा जग्गाको सिमानाको विषयलाई लिएर भएको विवादमा धकेल्दा एक वृद्धको मृत्यु भएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ।

प्रारम्भिक अनुसन्धानअनुसार, शनिबार बिहान करिब ९ बजे स्थानीय २७ वर्षीय रघुनन्दन राय र ७५ वर्षीय तेतर रायबीच जग्गाको सिमानाको विषयलाई लिएर विवाद भएको थियो। सोही क्रममा रघुनन्दनले तेतरलाई धकेल्दा उनको घटनास्थलमै मृत्यु भएको बताइएको छ।

घटनाबारे स्थानीयले जानकारी गराएपछि प्रहरी टोली तत्काल घटनास्थलमा पुगेको थियो। प्रहरीले घटनास्थल सुरक्षित राख्दै आवश्यक अनुसन्धान अघि बढाएको छ।

प्रहरीले घटनामा संलग्न रहेको आरोपमा रघुनन्दन रायलाई नियन्त्रणमा लिएको छ। मृतक तेतर राय यसअघि नै मुटुसम्बन्धी रोगबाट पीडित रहेको बताइएको छ।

घटनाको वास्तविक कारण र परिस्थितिबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?