कैलाश होटलमा होहल्ला र कुटपिटको आरोपमा वडाध्यक्षका छोरा दीपक तिवारी प्रहरी नियन्त्रणमा
वीरगञ्ज, ८ कार्तिक
वीरगञ्जस्थित कैलाश होटलको रेस्टुरेन्टमा मदिरा सेवन गरी होहल्ला, झैँझगडा तथा कुटपिट गरेको आरोपमा दीपक तिवारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार गएराति होटलको रेस्टुरेन्टमा मदिरा सेवन गरी होहल्ला तथा झैँझगडा र कुटपिट भएको सूचनापछि वडा प्रहरी कार्यालय बिर्ताको टोली घटनास्थल पुगेको थियो। प्रहरीले विवाद शान्त पारेपछि घटनामा संलग्न रहेको आरोपमा तिवारीलाई नियन्त्रणमा लिएर बिर्ता प्रहरी कार्यालयमा राखेको छ। तिवारी वीरगञ्ज महानगरपालिका–१८ भवानीपुरका वडाध्यक्ष उमाशंकर तिवारीका छोरा हुन्।
यता, उनका बुबा तथा वडाध्यक्ष उमाशंकर तिवारीले भने घटनालाई रकम लेनदेनसम्बन्धी विवाद भएको बताएका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





