सत्य, निष्पक्ष र विश्वसनीय

आजदेखि एनपीएलको क्रिकेट महाकुम्भ, विजेतालाई करोड ५० लाख डेढ, अर्बको कारोबार हुने अनुमान

न्युज डेस्क
२०८३ कार्तिक १०, सोमबार १०:३५
आजदेखि एनपीएलको क्रिकेट महाकुम्भ, विजेतालाई १ करोड ५० लाख, डेढ अर्बको कारोबार हुने अनुमान

काठमाडौँ , ९ कार्तिक

नेपाली क्रिकेटप्रेमीको प्रतीक्षा सकिँएको छ। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुँदैछ।

प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ। उद्घाटनको पूर्वसन्ध्यामा मैदानलाई आकर्षक रूपमा सजाइएको भने दर्शकका लागि थप संरचना सुविधा विस्तार गरिएको छ। करिब एक महिनासम्म चल्ने प्रतियोगिताले नेपाली क्रिकेटमा उत्साह थप्नुका साथै आर्थिक गतिविधिसमेत बढाउने अपेक्षा गरिएको छ।

क्यानका अनुसार यस संस्करणबाट करिब डेढ अर्ब रुपैयाँ बराबरको कारोबार हुने अनुमान छ। प्रतियोगिताको विजेताले एक करोड ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने जनाइएको छ। यसपटकको एनपीएललाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले आधिकारिक स्वीकृति दिएको छ।

यसले प्रतियोगिताको अन्तर्राष्ट्रिय महत्त्व थप बढाएको छ। खेललाई थप प्रतिस्पर्धात्मक पारदर्शी विवादरहित बनाउन निर्णय पुनरावलोकन प्रणाली (डीआरएस) सहित अत्याधुनिक प्रविधि प्रयोग गरिनेछ। एलबीडब्लू निर्णय जाँच्न थ्रीडी बल ट्र्याकिङ तथा ब्याट बलबीचको सम्पर्क पत्ता लगाउन एज डिटेक्सन साउन्ड वेभ प्रविधि प्रयोग गरिने आयोजकले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?