नेपाली महिला कबड्डी टोलीको रोमाञ्चक जित
२०८३ आश्विन ६, मंगलवार १२:२४
काठमाडौं, ६ असोज
नेपाली महिला कबड्डी टोलीले एसियाली खेलकुदमा विजयी सुरुवात गरेको छ । समूह ‘बी’ अन्तर्गत मंगलबार भएको पहिलो खेलमा नेपालले थाइल्यान्डलाई ४६–४३ अंकले पराजित गरेको हो ।
टोकाइ सिटिजन जिम्नेसियममा भएको खेलको पहिलो हाफमा नेपाल १५–२४ अंकले पछि परेको थियो । तर दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै नेपालले ३१–१९ अंक आफ्नो पक्षमा पार्दै रोमाञ्चक जित निकाल्यो ।

नेपालले रेड र ट्याकलबाट २५ अंक, बोनसबाट १७ अंक तथा अलआउटबाट ४ अंक जोडेको थियो ।
जितसँगै नेपालले प्रतियोगितामा सुखद सुरुवात गरेको छ । अब नेपाली महिला टोलीले बुधबार चाइनिज ताइपेइविरुद्ध आफ्नो दोस्रो खेल खेल्नेछ ।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





