सत्य, निष्पक्ष र विश्वसनीय

खोटाङमा धारिलो हतियार प्रहारबाट श्रीमतीसहित चार जना घाइते, एक जना पक्राउ

न्युज डेस्क
२०८३ कार्तिक १०, सोमबार ०८:४१
खोटाङमा धारिलो हतियार प्रहारबाट श्रीमतीसहित चार जना घाइते, एक जना पक्राउ

खोटाङ, ९ कार्तिक
खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३, आहालेमा धारिलो हतियार प्रहारबाट श्रीमतीसहित चार जना घाइते भएका छन्। आफ्नै ससुरालीमा पुगेर धारिलो हतियार प्रहार गरेको आरोपमा स्थानीय ४३ वर्षीय नइन्द्रकुमार राईलाई प्रहरीले पक्राउ गरेको छ।

घटनामा ४० वर्षीया अन्जना राईको टाउकोको पछाडिको भागमा चोट लागेको छ भने उनको अवस्था गम्भीर रहेको छ। त्यस्तै, ६२ वर्षीया स्यामाउन राईको टाउको तथा दाहिने हातमा चोट लागेको छ। २५ वर्षीया तेनिना राईको टाउकोमा चोट लागेको छ। उनीहरू दुवैको अवस्था पनि गम्भीर रहेको जनाइएको छ। अर्का घाइते नरेन्द्र राईको दाहिने हातमा चोट लागेको र उनको अवस्था मध्यम रहेको छ।

घाइते चारै जनालाई उपचारका लागि नगर अस्पताल दुर्छिममा ल्याइएको छ। उनीहरूको उपचार भइरहेको जनाइएको छ। घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका नइन्द्रकुमार राईमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?