सत्य, निष्पक्ष र विश्वसनीय

इलाममा जिप दुर्घटना हुँदा चालकको मृत्यु

न्युज डेस्क
२०८३ कार्तिक १०, सोमबार १२:३७
इलाममा जिप दुर्घटना हुँदा चालकको मृत्यु

इलाम, ९ कार्तिक
इलाममा आज बिहान जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय इलामका अनुसार देउमाई नगरपालिका–१, चमैतास्थित चौरीबजार जाँदै गरेको बोलेरो जिप अनियन्त्रित भई सडकबाट खसेको हो।

दुर्घटनामा देउमाई नगरपालिका–१, चमैताका २१ वर्षीय जिप चालक विपिन दियालीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए।

घटनाबारे थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?