सत्य, निष्पक्ष र विश्वसनीय

पर्सामा पटाका पड्काउँदा जलेर पाँच वर्षीय बालकको मृत्यु

न्युज डेस्क
२०८३ कार्तिक २४, सोमबार ११:१४

वीरगञ्ज , २३ कार्तिक
पर्सामा पटाका पड्काउने क्रममा आगो लागेर जलेका पाँच वर्षीय बालकको मृत्यु भएको छ ।

पकाहाँ मैनपुर गाउँपालिका–२, मधुबनीका स्थानीय मखु सहनीका पाँच वर्षीय छोराको पटाका पड्काउने क्रममा जलेर मृत्यु भएको हो ।

सोमबार बिहान करिब ८ः३० बजे पटाका पड्काउने क्रममा बालकको छातीमा आगो लागेको थियो । आगलागीबाट गम्भीर घाइते भएका उनी बेहोस भएका थिए ।

घटनालगत्तै उनलाई उपचारका लागि वीरगञ्जस्थित तराई अस्पताल लगिएको थियो । तर, उपचारकै क्रममा उनको मृत्यु भएको मृतकका बुबा मखु सहनीले जानकारी दिएका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी चक्रबहादुर मल्लका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?