वीरगञ्ज कारागारबाट फरार कैदी पाँच घण्टाभित्रै पर्सा प्रहरीको नियन्त्रणमा
वीरगञ्ज, २६ कात्तिक
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार जबरजस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका पोखरिया नगरपालिका–४ सतवरियाका ३० वर्षीय सुनील साह तुरहा कारागारको पर्खालबाट भागेर फरार भएका थिए।

प्रहरीका अनुसार बिहीबार बिहान करिब ८:२० बजे कारागारबाट फरार भएका तुरहाको खोजीका लागि जिल्ला प्रहरी कार्यालय पर्साबाट प्रहरी टोली परिचालन गरिएको थियो।
खोजतलासका क्रममा उनलाई भारतको बिहार राज्यअन्तर्गत मोतिहारी जिल्लाको आदापुरस्थित नेपाल–भारत सीमाक्षेत्रबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
फरार कैदीलाई पक्राउ गरी नेपाल ल्याइएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिएका छन्।
प्रहरीको सक्रियताका कारण कारागारबाट फरार भएको पाँच घण्टाभित्रै कैदी पक्राउ परेका हुन्।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





