टेलिभिजन पत्रकारिताबाट अलग भए अपिल त्रिपाठी
पोखरा, २९ कार्तिक
चर्चित टेलिभिजन पत्रकार अपिल त्रिपाठी औपचारिक रूपमै टेलिभिजन पत्रकारिताबाट अलग भएका छन्। सार्वजनिक रूपमा औपचारिक घोषणा नगरे तापनि उनले ‘पब्लिक फोरके टेलिभिजन’ बाट बिदा लिएर हाल आफ्नै युट्युब च्यानलमार्फत मात्र कार्यक्रम प्रसारण गर्दै आएका छन्।

यसअघि उनी ‘स्पेस फोरके टेलिभिजन’ मा आबद्ध हुन लागेको चर्चा चलेको थियो। यद्यपि, हालसम्म उक्त टेलिभिजनमा जाने विषयमा कुनै ठोस तयारी वा प्रक्रिया अघि नबढेको स्रोतले जनाएको छ।
टेलिभिजनको पर्दाबाट बाहिरिएसँगै त्रिपाठी सक्रिय राजनीतिमा होमिने तयारीमा रहेको चर्चा सुरु भएको छ। उनी आगामी स्थानीय तहको निर्वाचनमा पोखरा महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने सोचमा रहेको खुलेको छ। सोही राजनीतिक तयारीस्वरूप उनले पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरूसँगको भेटघाट र संवादलाई समेत तीव्रता दिएका छन्।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





