यात्रुवाहक बस दुर्घटना, २५ जना घाइते
२०८३ मंसिर १, सोमबार ०८:५२
नवलपरासी , ३० कात्तिक
नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोती नगरपालिका–११ लोकाहास्थित पूर्व–पश्चिम राजमार्गमा यात्रुवाहक बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन्।

प्रहरीका अनुसार आइतबार बिहान करिब ६ः४० बजे धनगढीबाट काठमाडौं जाँदै गरेको सु.प्र.०१–००१ ख ३४७५ नम्बरको यात्रुवाहक बस चालकले नियन्त्रण गुमाउँदा सडकमा पल्टिएको हो।
दुर्घटनामा बसमा सवार २५ जना यात्रु सामान्य तथा मध्यम घाइते भएका छन्। घाइते सबैलाई उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल, डण्डा पठाइएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको छ भने घाइतेहरूको विस्तृत विवरण आउन बाँकी रहेको छ।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





