सत्य, निष्पक्ष र विश्वसनीय

बुद्धनगरमा आत्मदाहको प्रयास गरेका अश्विन राउतको उपचारका क्रममा वीर अस्पतालमा मृत्यु

न्युज डेस्क
२०८३ असार २७, शनिबार १७:११

काठमाडौं, २७ असार
काठमाडौंको बुद्धनगरमा आत्मदाहको प्रयास गरेका ४५ वर्षीय अश्विन राउतको उपचारका क्रममा मृत्यु भएको छ।
शनिबार बिहान आफ्नै घरमा शरीरमा पेट्रोल छर्केर आगो लगाएका राउतलाई परिवार, छिमेकी तथा स्थानीयवासीको सहयोगमा उद्धार गरी वीर अस्पताल पुर्‍याइएको थियो। तर उपचारकै क्रममा उनको मृत्यु भएको मृतकका भाइ दीपक राउतले जानकारी दिए।
दीपकका अनुसार बिहान करिब ६ बजेतिर परिवार श्राद्धको तयारीमा रहेका बेला राउतकी श्रीमती नुहाउन गएको समयमा उनी बाहिर निस्किएर स्कुटरबाट पेट्रोल निकाली शरीरमा खन्याई आगो लगाएका थिए।
घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?