गणेश नेपालीलाई न्याय माग्दै वीर अस्पताल र माइतीघरमा प्रदर्शन
आत्मदाहपछि मृत्यु भएका गणेश नेपालीको परिवारलाई न्याय दिनुपर्ने मागसहित आफन्त तथा विभिन्न संघ–संस्थाले काठमाडौंमा प्रदर्शन गर्दै सरकारविरुद्ध नाराबाजी गरेका छन्।
काठमाडौं, २७ असार
आत्मदाहपछि मृत्यु भएका गणेश नेपालीको परिवारलाई न्याय दिनुपर्ने माग गर्दै उनका आफन्त तथा विभिन्न संघ–संस्थाले शनिबार काठमाडौंमा प्रदर्शन गरेका छन्।
आफन्तहरूले वीर अस्पताल परिसरमा भेला भएर गणेश नेपालीको मृत्युका लागि राज्य जिम्मेवार रहेको आरोप लगाउँदै पीडित परिवारलाई न्याय दिन सरकारसँग माग गरेका थिए। प्रदर्शनका क्रममा उनीहरूले सरकारविरुद्ध नाराबाजी समेत गरेका थिए।
यस्तै, जनपक्षीय ट्रेड युनियनलगायत विभिन्न संघ–संस्थाले पनि गणेश नेपालीलाई आत्मदाह गर्न बाध्य पारिएको आरोप लगाउँदै काठमाडौंको माइतीघर मण्डलामा सरकारविरुद्ध प्रदर्शन गरेका छन्।
प्रदर्शनकारीहरूले घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कारबाही तथा पीडित परिवारलाई उचित न्याय र राहत उपलब्ध गराउन सरकारसँग माग गरेका छन्।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?




